संयुक्त राष्ट्र भन्छ - झूठो बोलिरहेको छ भारत, कुनै सर्जिकल स्ट्राइक भएको छैनै
भारत र पाकिस्तान बिच अहिले एक प्रकारको द्वन्द चलिरहेको छ । जसकारण भारतिय मिडियाहरुमा दिन प्रतिदिनै भारत र पाकिस्तान कै बिषयका समाचारहरुले शिर्ष स्थान पाइरहेको छ । उडी हमला पछिको केही दिनमा भारतका सैनिकहरुले पाकिस्तान नै घुसेर सर्जिकल स्ट्राइक गरेको भनि समाचार आएको थियो । त्यही हमलाको केहि दिनमा संयुक्त राष्ट्रले उक्त कुराको खण्डन गर्दै झुठो भएको जनाउँदै कुनै सर्जीकल स्ट्राइक नभएको बताएको छ ।
संयुक्त राष्ट्र महासचिव बान की मूनको प्रवक्ता स्टीफान दुजारिकले भनेका छन् कि संयुक्त राष्ट्रको सैन्य प्रेक्षक दलले भारत र पाकिस्तान नियन्त्रण रेखामा कुनै भिडन्त भएको देखिएको छैन । बान की मूनको प्रवक्ता स्टीफ़ान दुजारिक भन्छन्, "संयुक्त राष्ट्रको सैन्य प्रेक्षक दलले भारत र पाकिस्तान नियन्त्रण रेखामा कुनै किसिमको क्रसफायर भएको छैन । संघर्ष विरामको यो कथित उल्लंघनको बारेमा हामीलाई जानकारी प्राप्त भएको छ । प्रेक्षक दल त्यस सिलसिलामा सम्बन्धित अधिकारिहरुसँग कुराकानी गरीरहेको छ । "
बोर्डरमा UN का अधिकारीहरु रहन्छन्
संयुक्त राष्ट्रको सैन्य प्रेक्षक दल भारत र पाकिस्तानको बीच नियन्त्रण रेखामा १९७१ मा लागू गरिएको संघर्ष विरामको निगरानी गर्ने गर्दछन् । यद्यपि संयुक्त राष्ट्रमा भारतको राजदूत सैय्यद अकबरउद्दीनले संयुक्त राष्ट्रको दावालाई खारेज गर्दै भनेका छन् कि कसैले देख्ने वा नदेख्नुले सत्य परिवर्तन हुँदैन ।


