६० बर्षका बुढाले एक बच्चालाई रेप गर्ने कोशिस गरिरहेका बेला यसरी परे पक्राउ (भिडियो)
भारतको देहरादूनमा एक बृद्धले बच्चालाई रेप गर्ने कोशिश गरेको भिडियोले निकै हंगामा खडा गरेको छ । जुन भिडियो छोटो समयमा नै सामाजिक संजालमा निकै भाइरल भएको छ । यस्तो लाजमर्दो कार्य गर्ने व्यक्तिको उमेर उक्त बच्चाको हजुरबुवाको उमेर सरह छन् ।
यस भिडियोलाई सामाजिक संजालमा शेयर गर्दै भनिएको छ कि यो भिडियो देहरादूनको हो । यो भडियो केही व्यक्ति जंगल घुम्ने क्रममा बनाएका हुन् । भिडियो हेर्दा यस्तो लाग्छ कि उनिहरुलाई बच्चाको साथमा हुन लागेको भयानक घटनाका बारेमा पहिलै थाहा पाएका थिए । त्यसै कारण उनिहरुले ति बृद्धाको पिछा गर्दै आएको हुन सक्ने देखिन्छ ।
मीडिया रिपोर्ट्सका अनुसार यो घटना देहरादुनको क्लेमेन्टाउन क्षेत्रमा शुक्रवार घटेको थियो । जहाँ नवाबुद्दीन नामका एक वृद्धले एक बच्चालाई दुराचारको कोशिस गर्न लागेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई पक्रने क्रममा भिडियो खिच्ने युवाहरुले सबुतको रुपमा आफ्नो मोबाइलले भिडियो खिचेको बताउँछन् ।


