नेपाल सरकारका कर्मचारी सेवाग्राहीसँग घुस लिएर पाइन्टको देब्रे पकेटमा...(भिडियो)
नेपालका कर्मचारीलाई धेरै किसिमका आरोपहरु लाग्ने गरेको पाइन्छ । नेपाल सरकारका केहि बद्नामी कर्मचारीहरुका कारण सबै राम्रा नराम्रा कर्मचारीहरुलाई हेर्ने दृष्टीकोण नै फरक भएको छ । केहि समय अगाडीको यो भिडियो काठमाण्डौको गोपीकृष्ण हल अगाडीको मालपोत कार्यालय हो । जहाँ एक सेवाग्राहि आफूले किनेको जग्गाको ब्लु प्रीन्ट (नक्सा) निकाल्नका लाई पुगेका छन् ।
त्यहाँका कर्मचारीको व्यवहार देखेर उनले आफ्नो मोबाइलमै ति सबै कुराहरु रेकर्ड गरी आफ्नो फेसबुकमा समेत राखेका छन् । उनले यसरी भिडियो राख्दै भ्रष्ट्राचार बिरुद्द आवाज उठाउँ भन्दै सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् । जुन भिडियो छोटो समयमा नै निकै भाइरल भएको छ । यो भिडियो सेयर गर्ने व्यक्तिको नाम दिनेस पौडेल हो ।
उनले त्यहाँकै एक कर्मचारीलाई अन्य व्यक्तिहरुसँग घुस लिंदै उनिहरुको काम छिटो गरेको आफ्नो भने पैसा नदिएको कारण काम नभएको समेत आरोप लगाएका छन् । उनले ति कर्मचारीलाई पाइन्टको देब्रे गोजीमा पैसा राखेको भने पनि ति कर्मचारीले गोजीभित्र के छ भन्ने कुरा खुलाएका छैनन् । यसबाट यो पनि शंका हुन्छ कि के साच्चै ति कर्मचारीले घुस लिएका थिए त? हेर्नुहोस् भिडियो


