१९७१ को युद्धमा ७५० गोर्खा सैनिकले ७३२६ सेनालाई आत्मसमर्पन गर्न बाध्य बनाए...
भारतका रिटायर्ड मेजर जनरल इयान कार्डोजो ५ गोरखा राइफल्स बटालियनको मेजर थिए । इयान १९७१ युद्धको हिरो नै थिए । जुन युद्ध पछि मात्र बंग्लादेशको निर्माण भएको थियो । उनि ७५० सैनिकको साथमा युद्ध के मैदानमा थिए । उनलाई सिलहटको नजिक अतग्राम कब्जा गर्ने जिम्मेदारी दिइएको थियो ।
उनीहरुसँग खानेकुरा र गोला बारूदहरु निकै कम थियो । त्यसका बावजूद पनि पाकिस्तानको २ ब्रिगेड्स, एक कर्नल, १०७ अधिकारीहरु, २१९ जेसीओ र ७,००० सैनिकहरुलाई आत्मसमर्पण गराउन सफल भएका थिए । यो युद्धको सबैभन्दा अविश्वसनीय सफलताहरुमा एक थियो ।
केहि समय अगाडी बीबीसीमा एक पुस्तक विमोचन कार्यक्रममा पुगेका इयान सो कार्यक्रममा बोल्दै १९७१ को युद्धको सम्झना गर्दै उक्त युद्धबारे बताएका थिए । त्यस समयमा बीबीसी एक मात्र विश्वसनीय प्रसारण स्टेशन थियो । तर त्यस समयमा बीबीसीबाट एउटा गलत समाचार प्रसारण भएको थियो जुन समाचारमा गोरखाको ब्रिगेड सिलहटमा पुगिसकेको बताएको थियो । त्यही सूचना हामी र पाकिस्तान दुबैले सुनेका थियौं । यहि गलत सूचनाकै कारण हामीहरु एक ब्रिगेड नै छौं भन्ने उनिहरुलाई देखाउने भनि हामीहरुले फैसला गरेको इयान बताउँछन् ।
इयानको त्यही सफलताको कारण पाकिस्तानी सेनाले १५ डिसेम्बर १९७१ मा आत्मसमर्पण गरे । इयान र अन्य अधिकारीहरुको यो थियो कि उक्त क्षेत्रमा पाकिस्तानी सेनाको एक ब्रिगेड मात्र छ । तर, पछि यो थाहापाएपछि उनिहरु चकित भए कि पाकिस्तानी सेना उनिहरुको सेनाको तुलनामा धेरै गुणा बढी थिए ।
यो पनि हेर्नुहोस्
नेपाली इण्डियन आर्मीको यो खतरनाक खुकुरी नृत्य


