यस्तो भाँडामा रहन बाध्य छिन् यी १९ बर्षीय युवती, आखिर किन? (हेर्नुहोस् भिडियो)
भनिन्छ भगवानको अगाडी कसैको केही लाग्दैन, भगवानले कहिले के गर्दछन् कसैलाई थाहा हुँदैन । नाइजेरियामा बस्ने १९ बर्षीय युवतिको साथमा पनि यस्तै भएको छ । उनि एउटा प्लास्टिकको भाँडामा बस्न बाध्य छिन् । यि युवतिको नाम रहमा हरुना हो र उनि प्लास्टिको भाँडामा बस्ने गर्दछिन् त्यसैमा खान्छिन्, त्यसैमा खेल्छिन् र त्यसैमा घुम्न जान्छिन् ।
जब रहमाको जन्म भयो तब उनको स्वास्थ्य अन्य बच्चाहरुको जस्तै थियो । जब उनि ६ महिनाकी भइन् त्यसपछि अनौठो किसिमको रोगले छोयो उनलाई । एउटा यस्तो रोग जसलाई रहस्य नै भन्दा फरक पर्दैन । यो रोगको कारण उनको हात र खुट्टा सानो हुँदै गयो । आज रहमा १९ बर्षकी भइन् तर यिनको हात र खुट्टा छैनन । अब यिनी एउटा प्लास्टिकको टबमा रहन्छिन् । टबलाई उठाएर रहमालाई यता उता लैजाने गरिन्छ ।
उनको आमा फादीका अनुसार जब उनले बस्न शुरु गरिन् त्यहि समय बाट उनमा समस्याहरु आउन थाल्यो । उनले हिड्न पनि सिक्न पाइनन् । यो रोगको शुरुवात ज्वरोबाट भएको थियो । त्यसपछि रहमाको पेट दुख्न थाल्यो र बिस्तारै बिस्तारै यो दुखाई हात खुट्टा हुँदै पुरै शरिरमा फैलदै गयो ।
रहमाको यस्तो अवस्थाका कारण उनको परिवारलाई ठूलो समस्याको सामना गर्न परिरहेको छ । रहमा आफै कतै जाने आउने गर्न सक्तिनन् । उनलाई कसैको मद्दत लिनु पर्दछ । रहमाका भाई फहाद भन्छन्, "म कसैलाई उनको मद्दत गरेको देख्दछु त मलाई निकै खुसी लाग्छ ।" त्यस्तै रहमाका पिता भन्छन्, मैले १५ बर्ष देखी धेरै डाक्टरहरुसँग उपचारको लागि गएको छु । म किसान हो जे जति कमाउँछु रहमाको उपचारको बिल तिर्दा ठिक्क भएको छ । सायद भगवानलाई मात्र थाहा होला कि उनको उपचारमा अहिले सम्म कति पैसा लाग्यो होला।
रहमाको आमा बाबुले धेरै डाक्टरहरुसँग उनको उपचारको कोशिस गरे तर कुनै परिणाम आउन सकेन । डाक्टर स्वयं रहमाको रोग देखेर चकित छन् । रहमा भने यस्तो अवस्थामा पनि भगवानलाई धन्यवाद गर्दछिन् । भन्छिन्, म भगवानलाई धन्यवाद दिन चाहन्छु कि आज म जे बोल्छु, जे काम गर्न सक्छु सबै उनैको कारण हो ।


