आफ्नो छोरा नभएको रिसमा अर्काको बच्चालाई छतबाट यसरी फ्याकीन् (CCTV VIdeo)
भारत उत्तर प्रदेशको कानपुरमा एउटा निकै डरलाग्दो घटना घटेको छ । आफ्नो छोरा नभए तर जेठानीले छोरा जन्माएकाले एक महिलाले आफ्नै जेठानीको नवजात छोरालाई अस्पतालको छतबाट फ्याँकेकी छन् ।
यसरी बच्चालाई फ्याँक्दा तल रहेको तारको जालिमा फसेको कारण बच्चाको ज्यान बच्न सफल भएको छ । यो पुरै घटना सिसिटिभीमा कैद भएको छ भने उक्त भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भैरहेको छ ।
सर्वेश नाम गरेका एक व्यक्तिको १८ दिन अगाडी आफू छोराको बाबु बनेका थिए । आफ्नो त्यही छोरालाई उपचारका क्रममा कानपुरको अस्पतालमा भर्ना गराएका थिए । सिसिटिभी भिडियो फूटेजमा स्पष्ट देखिएको छ कि कसरी ति महिलाले बच्चालाई अस्पतालको छतबाट फ्याकेकी छन् । यसरी बच्चा फ्याँक्ने महिलालाई प्रहरीले गिरफ्तार समेत गरेको छ ।
बच्चालाई जाली बाट निकाल्नको लागि अस्पतालकै एक वार्ड ब्वाइ आफ्नो ज्यानलाई जोखीमा राख्दै उक्त बच्चालाई त्यहाँबाट निकाल्न सफल भए । तीस फुट तल जालीमा हामफालेर बच्चालाई बाहिर त निकाल्न सफल भए तर यसै क्रममा उनको खुट्टाको हड्डि भाँच्चीएको छ । घाइते बच्चालाई भने आईसीयूमा भर्ना गरिएको छ ।

