बाख्रा जस्तै हिड्ने, घाँस खाने यी व्यक्तिले पाए नोबेल पुरस्कार....(भिडियो सहित)
मानिसहरु अनुभव र अनुसन्धानको लागि के के सम्म गर्न सक्छन् भन्ने कुरा यहाँ एक बेलायती टमस थोयट्सले सबै सामु देखाइ दिएका छन् । जुन अनुसन्धानकै कारण यो वर्षको ‘आइजी नोबेल पुरस्कार’ प्राप्त समेत गरेका छन् । यो पुरस्कार अनौठो र बेग्लै प्रकारका वैज्ञानिकका लागि दिइने गरिन्छ । टमस थोयट्सले बाख्राजस्तै चारखुट्टा टेकेरै ३ दिनसम्म बाख्राजस्तै जीवन बिताएका थिए ।
बाख्रा जस्तै चार खुट्टाले हिड्नका लागि उनले बेग्लै किसिमको कृतिम हात खुट्टाहरुको प्रयोग गरेका थिए । तिन दिनसम्म स्विजरल्याण्डका पहाडमा पुगेर करिब ४ घण्टासम्म घाँस चरेका उनले गरेको अध्ययन गोटम्यानः हाउ आइ टुक अ होलिडे फ्रम बिइङ ह्युमन नाम पुस्तकका रूपमा प्रकाशित छ ।
उक्त अध्ययनका क्रममा उनी पहाडमा बाख्राहरुको हुलमा बस्ने, त्यही हुलमा घाँस चर्ने र त्यही हुलमा सुत्ने समेत गर्दथे । हेर्नुहोस् यो भिडियो


