यहाँ मरेको मानिसलाई हरेक तिन तिन बर्षमा निकालिन्छ.. आखिर किन? हेर्नुहोस्
मृत्यु जिन्दगीको सबैभन्दा ठूलो सत्य हो । जो यो धर्तीमा कुनै पनि रुपमा जन्म लिन्छ उ एक न एक दिन सदाको लागी यो संसार छोडी जानुपर्ने हुन्छ । तर केहि व्यक्तिहरु यस्ता हुन्छन् जो आफ्नो पूर्वज प्रति माया र स्नेहको कारण उनिहरुको मृत्यु पश्चात पनि आफैसँग भएको महशुस गर्दछन् । मानिस अनि यो समाज संधै आफ्ना मरिसकेका पूर्वजहरु प्रति आफ्नो प्रेम देखाउनको लागि अनेक किसिमका रिति रिवाज बनाउने र मनाउँने गर्दछन् ।
त्यस्तै इण्डोनेशियाको एक ग्रामिण क्षेत्रका व्यक्तिहरुले मरेकाहरुप्रति सम्मान, सम्झना तथा प्रेम देखाउने उनिहरुको निकै अनौठो किसिमको रितिरिवाज छ । जसको बारेमा तपाईलाई सुन्दा अविस्वासिलो लाग्न तथा अनौठो लाग्न सक्छ ।
यहाँ आफ्नो आफन्तको मृत्यु पश्चात गाड्ने गरिन्छ भने हरेक तिन बर्षमा निकालेर लाशलाई सफा गरेर नयाँ कपडा लगाइदिने गरिन्छ । यसरी लाशलाई सफा गरि सजाएर सबै आफन्तहरु मिलेर फोटोहरु खिच्ने पनि गर्दछन् । हरेक ३-३ बर्षमा यहाँको चिहानहरुमा मेला जस्तै लाग्ने गर्दछ । हेर्नुहोस् तपाईहरुपनि तस्विरहरुमा










