नेपालीलाई मारेर खाएको झूठो समाचार भाइरल.. के हो त सत्य?
केहि समय अगाडी मात्र सामाजिक संजालमा एउटा आर्ट डलको फोटो राखेर नेपालको जंगलमा अनौठो जनावर भेटीयो, कसैले ढोरपाटनको जंगलमा त कसैले पोखराको रानी बनमा भेटिएको झुठो समाचार भाइरल नै बन्न पुगेको थियो जसको बास्तविकताबारे खोजी गरी अनलाईन अखबारले जानकारी गराएको थियो ।
त्यस्तै केही समय बाट एउटा मानिसलाई मानिसले नै खाएको फोटो राख्दै नेपालीलाई मारेर खाएको भन्दै झुठो समाचार सबै सामु पुर्याउने प्रयास गरियो जुन समाचार भाइरल पनि भयो । नेपालमा प्रहरी छन्, साइबर क्राइम एेन नियम छ तरपनि कतिपय अवस्थामा बाहिरी देशबाट अपडेट हुनु, ब्लगर बाट राखिएकाले केही त्यसको विस्तृत जानकारी हासिल गर्न नसक्नु जस्ता कारणहरुले कारवाहि हुन नसक्ने अवस्था देखिन आउछ । यस्ता समस्या नेपालमा मात्र नभइ विश्वका अन्य मुलुकमा पनि देखिन्छ । तरपनि त्यस्ता भड्काउने खालका, कुनै प्रमाण नभएका, झुठो सुचना सामाजिक संजालमा कसले राखेको छ, जो जस्ले सेयर गरेको छ, तिनिहरुलाई कारवाही अगाडी बढाउने हो भने पक्कै पनि केहि हदसम्म समस्या कम हुने थियो ।
सामाजिक संजालमा वास्तविक नबुझी केहि नसोची लाइक तथा सेयर गर्ने भएकाले त्यस्ता झुठा समाचार निकै चाँडो भाइरल हुने गर्दछ । तर हामीले त्यो समाचार झुठो लागी वास्तविकता बुझ्ने क्रममा थाहा भयो कि उक्त घटना दुबइ, साउदीको नभइ थाइल्याण्डको भएको र उक्त मृत व्यक्ति नेपाली नभएको बुझीएको छ ।
जुन घटनाको विस्तृत विभिन्न साइटहरुमा पाएका थियौ । त्यस्तै एक साइटको लिंक हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्


