यी महिलाले आफ्नो बच्चालाई प्रकृतिको काखमा जन्माउने भन्दै जङ्गलमा यसरी पाइन् (Viral Video)
सिमोन थुरबर नाम गरेकी एक गर्भवति महिलाले बिश्वमै पहिलो पटक बच्चा पाउनको लागि अनौठो तरिका अपनाएकी छिन् । सिमोनले आफ्नो बच्चालाई बिना डाक्टर र अन्य मेडिकल सुविधाहरु बिना जंगलमा जन्म दिने फैसला गरिन् ।
४३ बर्षकी सिमोनले आफ्नो चौंथो बच्चालाई अस्ट्रेलियाको घना जंगलमा जन्म दिएकी हुन् । उक्त समयमा बिना डाक्टर उनले आफै बच्चा जन्माइन् । यी आमाले यस्तो यसकारण गरिन् कि उनको बच्चा मेशीनको प्रयोग र अस्पतालमा नजन्माउने उनको चाहना थियो । उनी चाहन्थीन् कि उनको बच्चा प्रकृतिको काखमा जन्मीयोस् ।
सिमोन भन्छिन्, "सबै भन्दा पहिला आफ्नो पतिलाई यो आइडिया सेयर गरेकी थिए । शुरुवातमा कोहिपनि यो कुरामा सहमत थिएनन् । तर म आफ्नो बच्चालाई सबैभन्दा पहिले प्रकृति देखाउन चाहन्थें ।"
सिमोनले आफ्नो डेलिभरीलाई क्यामरामा कैद पनि गरेकी थिइन् । जुन भिडियोलाई यूटूबमा राखेपछि अहिले सम्म यो भिडियोलाई लगभग ५ करोड जनाले हेरिसकेका छन् ।
पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्


