लेखापालले घुस लिएको भिडियो भयो भाइरल, प्रशासन भन्छ जाँच गर्नेछौ (हेर्नुहोस् भिडियो)
भारत सिद्धार्थनगरको डुमरियागञ्जमा एक लेखापालले खुलेआम घुस लिएको भिडियो सार्वजनिक भएको छ । जुन भिडियो सामाजिक संजालमा भाइरल भएको छ । तर त्यहाँका प्रशासनले भने यस बारेमा जाँच गर्ने भनि मौन बसिरहेको छ ।
डुमरियागञ्जका अनवर अलीको आफ्नै गाउँका लेखापाल जमीरूल्लाहबाट सम्पत्तिको उत्तराधिकारी बनाउनका लागि पुगेका थिए । लेखापाल बिना पैसा लिएर उत्तराधिकारी बनाउन तयार थिएन । अन्त्यमा अनवरले लेखापाललाई घुस दिए‚ तर त्यसको भिडियो पनि बनाए अनवरले‚ जुन भिडियो उनले पत्रकारलाई सुम्पिए ।
यस बारेमा अनवर भन्छन् उनले सरकारी भ्रष्ट्राचारलाई रोक्नको लागि यस्तो गरेको बताउँछन् । तर इलेक्ट्रानिक मीडियाको प्रश्नमा जिल्ला अधिकारी नरेन्द्र शंकर पान्डेय भन्छन्, यस बारेमा जाँच हुने र त्यसपछि मात्र कारवाहि हुने बताउँछन् । अब यो हेर्न बाँकि छ कि उनको जाँच कहिले पुरा हुन्छ ।


