शंका लागि बुहारीको कोठामा पसी खाट मुनि हेर्दा अर्कै युवक भेटिएपछि यस्तो घटना घट्यो.. (CCTV Video)
भारत गुजरातको एक शहर रुस्तमपुरा इलाकामा सोमबार बिहान एक विवाहित महिलाले पासो लगाएर आत्महत्या गरेकी छन् । उक्त युवतिलाई उनकै ससुराले अर्कै युवक सँग घरमा रङ्गेहात पक्राउ गरेका थिए । बदनाम हुने डरले उनले फासी लगाएको हुन सक्ने बताइएको छ । पुलिसले घटनाबारे थप अनुसन्धानका लागी शवलाई पोस्टमार्टम गरी हिजो बिहान (बिहिबार) परिवारलाई बुझाएको छ ।
खाट मुनी लुकेको थियो प्रेमी...
रुस्तमपुराको पार्क एभेन्यू अपार्टमेन्टमा बस्दै आएका कृणाल कापडिया डाइङ प्रिन्टिङ मा सुपरभाइजर पदमा काम गर्दछन् । कृणालको विवाह करिब ५ बर्ष अगाडी मोहिनी सँग भएको थियो । उनको परिवारमा ४ बर्षीय छोरा पनि छन् । मंगलबार दिउँसो मोहिनी घरमा एक्लै थिइन् । आफ्नो पति काममा गएका थिए, छोरा स्कूल र ससुरा केहि कामले घरबाट बाहिर थिए ।
मनोजभाईको बाबु पुरुषोत्तमले बताए अनुसार, उनि कुनै सरकारी अधिकारी सँग भेट्नका लागि घरबाट बाहिर गएका थिए तर उनको भेटघाट नभएपछि उनि चाँडो घर फर्कीए । उनले बुहारी मोहिनीको बाहेक घरमा अन्य कोहि भएको शंका लागेपछि र मोहिनीले पनि ढिलो ढोका खेलेका कारण पुरुषोत्तमपनि उनको पछि पछि उनको कोठामा चेकजाँच गर्न थाले त्यही क्रममा खाट मुनि एक युवक लुकेका थिए । पुरुषोत्तमले उक्त युवकलाई पक्रने कोशिस गरेका थिए तर ति युवकले उनलाई धक्का मार्दै भाग्न सफल भए । पुरुषोत्तम पनि उनको पछि पछि भागे केहि समय पछि उनी घर फर्कदा मोहिनीलाई उनको आफ्नै कोठामा पासो लगाइ झुण्डिरहेको अवस्थामा पाए । । उक्त युवक मोहिनीको प्रेमी थिए, जिसको पहिचान धर्मेशको रुपमा भएको छ । धर्मेश पनि विवाहित हुन।
यस घटनाको भिडियो सामाजिक संजालमा भाइरल
पुलिसले यो घटना पछि अपार्टमेन्ट बाहिर लगाइएको सीसीटीवी फुटेजको जाँच गरेको छ । जसमा देखिए अनुसार, मोहिनी स्वयं पहिला धर्मेशलाई बोलाउनको लागि अपार्टमेन्ट बाहर आएकी छिन् । त्यसपछि धर्मेश फोनमा कुराकानी गर्ने बहानामा अपार्टमेन्टमा प्रवेश गर्दछन् । सुसाइड भइसकेपछि मोहिनीलाई उनको पति कृणालले आफ्नो काँधमा राखेर अस्पताल तर्फ भाग्दछन् ।


