विवाह भएको १९ बर्ष पछि मात्र थाहा भयो कि उनको श्रीमती महिला नभइ पुरुष थिए
ब्रसेल्स। एक व्यक्तिको जीवन ठिकै चलिरहेको थियो तर विवाहको १९ बर्ष पछि उनको जीवनमा अचानक ठूलो भूइचालो आयो । उनको दिमागमा हलचन नै पैदा भयो । किनभने विवाह भएको १९ बर्षपछि मात्र उनलाई थाहा भयो कि उनले जसलाई विवाह गरेका थिए उनि महिला नभइ पुरुष थिए ।
बेल्जियम बस्ने यि व्यक्तिको नाम जेन हो । जेनले १९ बर्ष पहिला मोनिका नाम भएकी एक युवति सँग दोस्रो विवाह गरेका थिए । मोनिका इन्डोनेशियाकी थिइन् । जेनका अनुसार बेल्जियन अथोरिटीले मोनिकाको पहिचान लाई लिएर शंका गरेको थियो तर पछि डक्यूमेन्टहरुको जाँच गरेपछि कुनै आपत्ति नभएको जनायो ।
जेनले विवाह गरी मोनिकालाई बेल्जियम ल्याए । बेल्जियम ल्याउने क्रममा जेनले धेरै दुख पाएका थिए । कोर्टलाई पनि मोनिकाको लैंगिक पहिचान र उनिसँग जोडिएको कागजात माथी गम्भिर सन्देह गरेको थियो । तर पछि कोर्टले केहि भनेन ।
जेन का अनुसार मोनिका अन्य महिलाहरु जस्तै आकर्षक देखिन्छिन् र उनमा पुरुषमा जस्तो कुनै पनि लक्षण देखिंदैन । यौन सम्बन्धका क्रममा मोनिका सेनिटरी टावलको प्रयोग गर्ने गर्थीन् । उनि मासिक धर्मको बहाना बनाउने गर्दथिइन् । जेनले यौन सम्बन्धको क्रममा पनि खासै ध्यान दिने थिएनन् । किनभने जेनको पहिलो विवाहबाट दुई बच्चा थियो त्यसैकारण जेन र मोनिकाले बच्चा नजन्माउने निर्णय गरेका थिए ।
जेन का अनुसार शुरुको अवस्थामा मोनिका उनको बच्चाहरुको साथमा राम्रो व्यवहार गर्दथिइन्। पछि जब मोनिकाको फुल टाइम जब गर्न थालिन् त्यसपछि समस्याहरु एक एक गरि आउन थाल्यो । मोनिकाको व्यवहारमा पनि धेरै बदलाव आयो । मोनिकाले भड्कीको कपडा लगाउन शुरु गरिन् । एक पटक जेनको ठूलो छोराले मोनिकालाई नाइट क्लबमा पनि देखेका थिए । त्यसपछि जेन र मोनिकामा झगडा हुन थाल्यो । जेनको साथीले पनि मोनिका लिङ्ग परिवर्तित पुरुष भएको जानकारी दियो ।
जेनलाई त्यो कुरामा भरोसा थिएन तर जेनको छोराले पनि मोनिकाको बारेमा यस्तै कुरा सुने । एक दिन जेनले मोनिकालाई भने कि तिमी एक पुरुष हो भन्ने कुरा मलाई थाहा भयो । त्यसपछि मोनिकाले पनि भनिन् कि उनि जन्मदा पुरुषको रुपमा जन्मीएको र उनले लिंग परिवर्तन गराएको स्विकारिन्, तर अब उनि एक महिला भएको र उनले आफ्नो पछिल्लो जिन्दगीको बारेमा बताउन जरुरी नभएको बताइन् ।
यस्तो कुराले जेन छाँगा बाट खसेको जस्तो भए । त्यति मात्र नभइ उनको मानसिक सन्तुलन नै बिग्रियो । अहिले उनिहरुको यो बिषय कोर्टमा चलिरहेको छ भने जेनको मानसिक उपचार भैरहेको छ ।


