यस्तो अपराधी जसको बास्तविकता थाहा पाएपछी प्रहरी पनि हैरान भयो.... (भिडियो सहित)
अपराधीहरु अपराध गर्नको लागि अनेक किसिमका तरिकाहरु अपनाउने गरेको हामीहरुले समय समयमा सुनिरहन्छौ । तर यहाँ एक अपराधीले यस्तो तरिका अपनाएका छन् जुन सुन्दा तपाईलाइ निकै आश्चर्य लाग्न सक्छ । तपाईलाई मात्र नभई यिनको अपराध गर्ने तरिका देखेर पुलिसपनी आश्चर्यमा परेको थियो । भारत बिहारको राजधानी पटनामा एक चतुर तस्करले रक्सी तस्करी गर्नको लागि महिला बन्ने गर्दथे । जब उनि पक्राउ भए वास्तविकता थाहा पाएपछी पुलिस पनि ठूलो आश्चर्यमा पर्यो ।
अविनाश नाम भएका ति युवकको महिला बनेको अवस्थाको नाम भने मोनिका थियो । महिला बनेर रक्सीको अवैध तस्करी, फर्जी आईडी, आधार कार्ड र प्रमाण पत्र बनाउने काम गर्दथे । पटनाको सुल्तानगञ्ज पुलिस चौकीले पटनाको एसएसपी मनु महाराजको निर्देशन अनुसार शुक्रवार महेंद्रूको रानीघाट अवस्थित उनको अफिसमा छापामारी उनलाई पक्राउ गरिएको थियो । पुलिसलाई अविनाशको मोबाइल र केही फोटो पनि मिलेको छ, जसमा अभिनाश साडी, सलवार-सुट आदि पहिरनमा सजिएकी एक महिला जस्तै देखिएकी छन् ।
अविनाश पछिल्लो ३ बर्ष देखी अपराधको दुनियामा महिला बनेर सक्रिय थिइने । उनले ओरिजनल भोटर आईडीकार्ड, आधार कार्ड र प्रमाणपत्रहरुलाई स्क्यानिङ गरी अरुको नाममा कागजात तयार पार्ने काम पनि गर्दथे । यो वापत उनि ५०० रुपैया देखी २० हजार रुपैयाँ सम्म लिने गरेका थिए । त्यती मात्र नभएर म्याट्रिक, इन्टर, बीए, डिप्लोमा, बीएड, आईटीआई आदिको नक्कली प्रमाण पत्र पनि बनाउने गर्दथे । विदेशमा कामको लागि जाने व्यक्तिहरु उनको ग्राहक हुने गरेको र राजधानी देखी गाउँ गाउँबाट पनि प्रमाण-पत्र बनाउनको लागि आउने गर्दथे ।


